स्टुडेन्ट फुटबल क्लबकाे सहज जित


काठमाडौं। स्टुडेन्ट फुटबल क्लबले एन्फा महिला लिग छनोटमा सहज जित दर्ता गरेकाे छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मुख्यालय मैदानमा आइतबार सम्पन्न दिनकाे पहिलाे खेलमा खेलमा सिन्धुपाल्चोक एफसीविरुद्ध ३–१ को जित हात पारेको हो।

पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमै सविनाले स्टुडेन्टलाई सुरुआती अग्रता दिलाएकी थिइन्। तर, ६६औं मिनेटमा अनु भुषालले सिन्धुपाल्चोकलाई खेलमा फर्काइन्। डिफेन्स कमजोर देखिएको सिन्धुपाल्चोकले ७४औं मिनेटमा अर्को गोल बेहोर्‍यो। यसपल्ट पनि सविनाले नै गोल गरिन्।

निर्धारित ९० मिनेटको खेल सकिन दुई मिनेट बाँकी रहँदा सविनाले ह्याट्रिक पूरा गरिन्। जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन्। योसँगै स्टुडेन्टले सहज जित आफ्नो पक्षमा पार्‍यो।

जितसँगै स्टुडेन्टले ३ अंक बटुलेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको