शारीरिक सुगठन टोली थाइल्यान्ड जाने


काठमाडौं। एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ।

भदौ २ देखि ९ गतेसम्म हुने प्रतियोगिताको पुरुष ८५ केजीमा ग्रेस महर्जन तथा महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

अफिसियलमा दिनेशकुमार राजभण्डारी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा प्रतापकाजी बरिया तथा सहयोगीमा प्रदीप अमात्य र सुनभ सुवेदी रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको