नखिपोट फुटसलको तयारी


काठमाडाैँ। नखिपोट युथ क्लबको आयोजनामा तेस्राे नखिपोट खुला पुरुष फुटसल प्रतियोगिता असोज ३ गतेदेखि हुनेछ।

प्रतियोगितामा ५० देखि ६० टिमको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवारले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गारए।

पहिलो हुने टोलीले १ लाख २५ हजार तथा उपविजेताले ६५ हजार नगद पुरस्कार पाउने छन्। उत्कृष्ट खेलाडीलाई १५ हजार नगद पुरस्कार दिइने छ। उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार नगदबाट पुरस्कृत गरिने छ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख २९ हजार रुपैयाँ खर्च हुने क्लबका कोषाध्यक्ष सुजन राईले बताए। मुख्य प्रायोजकसंगै अन्य प्रायोजकको पनि खोजी भइरहेको क्लबका उपाध्यक्ष इन्द्रजित लिम्बूले बताए।

दुईदिने प्रतियोगिताका खेलहरु नखिपोटस्थित फुटसल भिलेजमा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको