काठमाडौं। दिपेन्द्र पुलिस स्कुल एल्मुनाई एसोसियसनको आयोजनामा यही आउँदो शनिबार (भदाै १४) गते प्रथम पुलिस स्कुल एल्मुनाई फुटसल प्रतियोगिता हुने भएको छ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको दिव्यश्वरी प्लानिङमा रहेको रोयल नेपाल फुटसल कोर्टमा आयोजना हुने प्रतियोगितामा प्रहरी स्कुलको पूर्व विद्यार्थीहरुको १५ वटा टिमले प्रतिस्पर्धा गर्नेछन्।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले २० हजार उपविजेताले १० हजार प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
विश्वभर छरिएका पुलिस स्कुलका पूर्वविद्यार्थीहरुलाई एकताबद्ध बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको दिपेन्द्र पुलिस स्कुल एल्मुनाई एसोसियसनका अध्यक्ष युधिष्टिर केसीले बताए।


