भक्त राना मेमोरियल बुद्धिचाल सुरु


काठमाडाैँ। भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता सुरु भएकाे छ।

अखिल नेपाल बुद्धिचाल सङ्घको आयोजनामा जारी दुई दिने प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ले उद्घाटन गरे। सो अवसरमा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले माओवादी युद्धमा रानाको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले नेपाली चेसको विकासमा अखिल नेपाल बुद्धिचाल सङ्घको भूमिकाको प्रशंसा गरे।

अखिल नेपाल बुद्धिचाल सङ्घको स्थापनामा रहेको भूमिका तथा नेपाली बुद्धिचालमा सक्रिय नेपाल बुद्धिचाल सङ्घका पूर्व उपाध्यक्ष सुबोध राज सेर्पालीको समेत उल्लेख्य भूमिका थियो।

दुई दिने प्रतियोगितामा २२१ जना खेलाडीको सहभागिता छ। प्रतियोगिताको मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजु छन्। प्रतियोगितामा खुलाका साथै महिला, भेट्रान, अनरेटेड तथा उमेर समूहको समेत गरी २ लाख भन्दा बढी पुरस्कार राशिको व्यवस्था गरिएको छ।

बिहीबार सकिने प्रतियोगिता स्विस लिगको आधारमा ९ चरणमा सञ्चालन हुनेछ। रोयल एयरपोर्ट होटेल, काठमाडौँमा जारी प्रतियोगिताको ३ चरणको समाप्तिमा शीर्ष वरियताका खेलाडी सुमन लामा, नबिन तण्डुकार, उमेश राई र दीपक महर्जन लगायतले ३ अङ्क जोड्दै अग्रता कायम गरेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको