प्रजिललाई स्वर्ण


काठमाडाैँ। एभीएमका प्रजिल भट्टराईले तेश्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिताको जुनियर यु–१९ ब्वाइज सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रजिलले एभीएमकै जयस्नु महर्जनलाई ११–८, ११–८, ७–११ र ११–५ को सेटमा पराजित गरे। सो स्पर्धाको गल्र्समा होप्स टेबलटेनिस एकेडेमीकी योङगी पौडेलले स्वर्ण जितेकी थिइन्।

अखिल नेपाल टेबलटेनिस संघको आयोजना तथा शशि–कल्यण कल्याण कोषको प्रायोजनमा भएको प्रतियोगितमा ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो। क्याडेटको यु–१५ ब्वाइज सिंगल्समा यलका रिजन शाक्य तथा गल्र्समा एभीएमकी अर्सना महर्जन पहिलो भएका थिए।

विजेतालाई प्रायोजक कोषका संरक्षक कल्याणराज पाण्डे, आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीनदिने प्रतियोगितामा १ सय ३५ खेलाडी सहभागी थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको