इडब्लुभी बाँकी खेल तत्कालै नहुने


काठमाडाैँ। जेन–जीको प्रर्दशनको कारण भदाै २४ गतेबाट रोकिएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को तत्कालै नहुने भएको छ।

आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले आइतबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

पोखरामा भइरहेको लिगका १६ मध्ये ९ खेल सम्पन्न भइसकेका थिए। अब बाँकी ७ खेल हालको अंक तालिकाबाट मिति तोकेर आगामी दिनमा निरन्तरता दिइने प्रमुख कार्यकारी अधिकृत (सीइओ) स्नेभी चापागाईंले जानकारी दिइन्।

उनले भनेकी छन्,‘यी खेलहरू पुनः सुरु गर्ने मिति नेपाल भलिबल संघ, हाम्रा ६ फ्रेन्चाइजी र प्रायोजकसँग मिलेर तय गरिनेछ, जसमा सुरक्षा र उपयुक्ततालाई प्राथमिकता दिइनेछ। नयाँ मिति र व्यवस्थापनबारे जानकारी अर्को विज्ञप्तिमार्फत सार्वजनिक गरिनेछ।’


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको