एसिया कप : भारत श्रीलंकासँग खेल्दै


काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटमा अपराजित रहेको भारतले श्रीलंकाको सामना गर्दैछ ।

भारत र श्रीलंकाबीचको खेल युएईको दुबई क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका सवा ८ मा सुरु हुदैछ । भारतले अन्तिम खेल अघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । हालसम्म अपराजित रहेको भारत यस खेल पनि जित्दै अपराजित रुपमा फाइनलमा स्थान बनाउँन चाहन्छ ।

उता, सुपर फोरमा लगातार दोस्रो हार सहित श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ । आफ्नो अन्तिम खेलमा जितका साथ श्रीलंका प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । एसिया कपको १७ औं संस्करणमा भारतसँगै पाकिस्तानले फाइनलमा स्थान बनाएका छन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको