
काठमाडाैँ। साडियाे माने र नियमित कप्तान क्रिस्टियानाे राेनाल्डाेकाे गाेलसँगै साउदी प्राे लिगमा अल नासरले लगातार चाैथाे जित हसिल गरेकाे छ।
अल इत्तेहाद क्लबकाे मैदानमा शुक्रबार राति सम्पन्न खेलमा नासरले इत्तेहादलाई २–० ले पराजित गरेकाे हाे। जितसँगै नासरले जारी सिजन चार खेलबाट १२ अंक जाेडेर शीर्ष स्थनामा छ। दाेस्राे स्थानकाे इत्तेहाद भन्दा नासर ३ अंकले अघि छ।
यी दुवै गाेल पहिलाे हाफमा भएकाे हाे। खेलकाे नवाैँ मिनेटमा मानेकाे गाेलबाट अग्रता बनाएकाे नासरकाे लागि ३५ओैँ मिनेटमा राेनाल्डाेले गाेल गर्दै अग्रता दाेब्बर बनाए। त्यसपछि बाँकी समय थप गाेल नहुँदा नासर विजयी भये।