नेपाल र कुवेतको हेड टु हेड


काठमाडौं । आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टि २० विश्वकपको एसिया तथा पुर्वी एसिया प्यासेफिक छनोटको पहिलो खेलमा आज नेपालले कुवेतसँग खेल्दैछ ।

कुवेत र नेपालबीचको खेल नेपाली समय अनुसार बुधबार राती ८ः४५ मा सुरु हुदैछ । नेपाल र कुवेत टि२० आईमा चौथो पटक आमने सामने हुदैछन् । यसअघिका तीन मध्ये दुईमा नेपालले तथा एक खेलमा कुवेतले बाजी मारेको थियो ।

नेपाल र कुवेतबीच यसअघि भएका खेलहरु तेस्रो मुलुकमा भएको थियो । नेपाल र कुवेतबीचको पछिल्लो भेटमा कुवेतले बाजी मारेको थियो । सन् २०१९ मा सिंगापुरमा आयोजित विश्वकपको एसिया क्षेत्र छनोट खेलमा नेपाल र कुवेतको पहिलो भेट भएको थियो । उक्त खेलमा नेपालले ७ विकेटको सहज जित हासिल गरेको थियो ।

कुवेतसँगको दोस्रो र तेस्रो भेट गत अप्रिलमा हङकङमा आयोजित चारदेश सम्मिलित सिरिजमा भएको थियो । सिरिजको लिग चरणको खेलमा कुवेतलाई नेपालले ६ विकेटले हराएको थियो । तर, प्रतियोगिताको फाइनलमा भने नेपाल ३ रनले पराजित भएको थियो ।

कुवेतविरुद्ध नेपालले जितेको दुवै खेलमा पहिले ब्याटिङ गरेको छ । भने, पराजित भएको एक खेलमा दोस्रो ब्याटिङ गरेको छ ।

कुवेतले हालसम्म खेलेको ७७ टि२० आई खेलमा ४३ खेलमा जित हात पारेको छ । भने, ३३ खेलमा हार बेहोर्दा एक खेल नतिजा बिहिन भएको छ । उता, नेपालले भने १ सय ६ टि२० खेलमा ६० जित हात पारेको छ । भने, ४३ खेलमा हार बेहोर्दा तीन खेल नतिजा बिहिन भएको छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको