एभरेष्ट महिला भलिबल लिग काठमाडौंमै हुने


काठमाडौं। एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेलहरू पुनः सञ्चालन हुने भएको छ।

आयोजक इन्फिनिटी ड्रिम्सकी सिइओ स्नेभी चापागाईँका अनुसार लिगका बाँकी खेल आगामी कार्तिक २६ देखि सुरु गर्न लागिएको हो। लिग ३ दिनमै सकिनेछ।

आयोजकले यस सम्बन्धमा नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भएको र लिगको बाँकी खेलहरू काठमाडौंमै सम्पन्न गर्ने तयारी तीव्र गतिमा अगाडि बढिरहेको बताएको छ। यस्तै खेल तालिका चाँडै सार्वजनिक गरिनेछ।

लिगको पहिलो चरणका ९ खेल सम्पन्न भइसकेको छ। गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका कारण अस्थायी रूपमा प्रभावित भई खेलहरू स्थगित भएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको