टीआईए कप अन्तरविद्यालय बास्केटबल : ज्ञानोदय र काष्ठमण्डपलाई सफलता


काठमाडौं। ज्ञानोदय र काष्ठमण्डपले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा सोमबार जित हात पारेका छन्।

ज्ञानोदयले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १५–९ ले पराजित ग¥यो। ज्ञानोदयको जितमा प्रिन्सेस थापा मगरले ६ अंक जोडिन्। भनिराको १३ अंक सहयोगमा काष्ठमण्डपले आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘बी’ लाई ३१–१६ ले हरायो। गल्र्समै ग्रिनल्यान्डले अपीलाई ३०–१९ ले पाखा लगायो। ग्रिनल्यान्डकी बिहानी राईले १२ स्कोर गरिन्।

ब्वाइजमा युरो स्कुलले जोन डेवीलाई ३०–१६, एलआरआईले स्किब्सलाई ४३–३० र हेम्सले ज्ञानोदयलाई ३८–१५ ले पन्छाए। युरोका देवले ९ र हेम्सका जोनस कुइकेलले १४ अंक जोडे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको