जितको लयलाई निरन्तरता दिने लक्ष्यमा सुदूरपश्चिम


काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) को आफ्नो दोस्रो खेलमा पनि जितलाई निरन्तरता दिने लक्ष्यमा सुदूरपश्चिम रोयल्स रहेको छ ।

पहिलो खेलमा काठमान्डौ गोर्खाजमाथि २९ रनको सहज जित हासिल गरेको सुदूर जितको लय कायमै राख्ने लक्ष्यका साथ दोस्रो खेलमा पोखरा एभेन्जर्सको सामना गर्दैछ । पोखरा र सुदूरपश्चिमबीचको खेल अपरान्ह ४ बजे कीर्तिपुरमा रहेको टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुदैछ ।

दुवै टोली यस संस्करणको दोस्रो खेल खेल्दैछन् । पोखरा पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको फराकिलो अन्तरले पराजित हुँदा सुदूरपश्चिमको पहिलो सिकार काठमाडौं भएको थियो । गत संस्करणको उपविजेता सुदूरपश्चिमले गत वर्षको भेटमा पोखरामाथि ५ रनको जित हासिल गरेको थियो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको