कर्णालीले पायो १५७ रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लुम्बिनी लायन्सले कर्णालीलाई १५७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनायो।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४९ रन बनाए। उनले चार चाैका र एक छक्का प्रहार गरे। रुबेन ट्रम्पेलम्यानले अविजित २९ र जेजे स्मिथले २३ रन बनाए।

कर्णालीका नन्दन यादवले २, कप्तान सोमपाल कामी, गुल्शन झा, र्माक वाट, बिपिन शर्मा, युवराज खत्रीले समान १ विकेट लिए।

लुम्बिनीले यसअघि आफ्नाे पहिलाे खेलमा चितवन राइनाेजलाई ४ विकेटले पराजित गरेकाे थियाे भने कर्णाली चितवनसँग पराजित भएकाे थियाे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको