काठमाडाैँ। हेम्स र मार्वलस १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।
हेम्सले चैतन्यलाई ५८–२४ ले पराजित ग¥यो। हेम्सको जितमा आशुतोष यादवले १७ अंक योगदान गरे। सिनेप शाहीको १२ अंक सहयोगमा मार्वलसले एभरेष्ट फ्लोरिडालाई ४८–४३ ले हरायो।
सिनियर गल्र्समा काठमाडौं जेभियर्स पब्लिक स्कुलले श्रृजनशीललाई १९–६ तथा काठमाडौं इङलिस स्कुल (केइएस) ले इनोभेटिभलाई २४–२२ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे। काठमाडौं जेभियर्सकी सुहानी बानियाँले ६ तथा केइएसकी रिधिमा राणाले १२ स्कोर गरे।
जुनियर ब्वाइजमा सनसाइनले स्पाङगललाई १८–८ तथा केइएसले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई २५–१३ ले पन्छ्याउदै फाइनलमा स्थान बनाए। सनसाइनका प्रशान्त ओलीले ८ तथा केइएसका आयुश तिमिल्सिनाले १२ अंक जोडे। फाइनल शनिबार हुनेछ।


