काठमाडौँ। एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपालले मलेसियासँग भिड्दैछ। एकदिवसीय फर्म्याटमा हुने यो महत्वपूर्ण खेल नेपाली समयअनुसार बिहान १०:१५ बजेबाट सुरु हुनेछ।
नेपाल समूह ‘ए’ र मलेसिया समूह ‘डी’ को विजेता बनेका हुन्। समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार दुई जित दर्ता गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। नेपालले पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङकङलाई ११९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
यता अर्को सेमिफाइनलमा युएई र ओमान आमनेसामने हुनेछन्। कुल १४ राष्ट्र सहभागी यस प्रतियोगिताबाट शीर्ष तीन टोली एसीसी पुरुष यू–१९ एशिया कपका लागि छनोट हुनेछन्।
नेपाली टिम
अशोक धामी (कप्तान), निरज यादव (विकेटकिपर), निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, किब्रिन श्रेष्ठ, दारश सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन विक, अपराजित पौडेल, भान्स क्षेत्री


