एनपिएल : दुई खेल हुँदै


काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछ। आज हुने दिनको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच हुने छ। यो खेल बिहान ११:४५ बजेदेखि सुरु हुँदैछ।

जारी एनपिएलमा जनकपुर बोल्ट्सले एक खेल पनि जित्न सकेको छैन। जनकपुरले चार वटै खेलमा हार बेहोरेको छ। त्यस्तै चितवन राइनोजले भने ४ खेलमा २ जित र २ हार बेहोरेर ४ अंकसहित चौथो स्थानमा रहेको छ।

त्यसैगरी आज दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच दिउँसो ४ बजेदेखि सुरु हुँदैछ। जारी एनपिएलमा पोखराले ४ खेलमा एक खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ। त्यस्तै कर्णाली याक्सले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको