काठमाडौँ। एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशको नासरिन स्पोर्ट्सलाई ४–० ले हराउँदै शानदार सुरुआत गरेको छ।
एपिएफको जितमा मिना देउबा र रश्मिकुमारी घिसिङ दुवैले दुई–दुई गोल गरे। स्टार खेलाडीहरू बिना खेले पनि एपिएफले उत्कृष्ट प्रदर्शन गर्यो। पहिलो हाफमा एक गोल मात्रै गरे पनि दोस्रो हाफमा तीन गोल थप्दै जित सुनिश्चित गर्यो।
जितसँगै एपिएफले पहिलो खेलबाट तीन अंक जोडको छ। अब उसले डिसेम्बर ११ मा ट्रान्सपोर्ट युनाइटेडसँग खेल्नेछ।


