काठमाडौँ। अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ का लागि ड्र सार्वजनिक गरिएको छ। अमेरिकाको वासिङटनमा शुक्रबार आयोजित विशेष कार्यक्रममा फिफाले समूह ड्र घोषणा गरेको हो।
पहिलोपटक ४८ राष्ट्र सहभागी हुने विश्वकपमा हालसम्म ४२ टोलीको सहभागिता सुनिश्चित भइसकेको छ भने बाँकी ६ स्थान प्ले–अफमार्फत टुंगो लगाइनेछ।
घोषित समूहअनुसार अर्जेन्टिना, स्पेन र इंग्ल्यान्डले अपेक्षाकृत सहज समूह पाएका छन् भने फ्रान्स भने कडा प्रतिस्पर्धी समूहमा परेको छ।
समूह विभाजन
समूह ‘ए’ : मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, युरोपेली प्ले–अफ ‘डी’ विजेता
समूह ‘बी’ : क्यानाडा, युरोपेली प्ले–अफ ‘ए’ विजेता, कतार, स्विट्जरल्यान्ड
समूह ‘सी’ : ब्राजिल, मोरक्को, हाइटी, स्कटल्याण्ड
समूह ‘डी’ : अमेरिका, पाराग्वे, अस्ट्रेलिया, युरोपेली प्ले–अफ ‘सी’ विजेता
समूह ‘ई’ : जर्मनी, क्युरासाउ, आइभरी कोस्ट, इक्वेडर
समूह ‘एफ’ : नेदरल्यान्ड्स, जापान, युरोपेली प्ले–अफ ‘बी’ विजेता, ट्युनिसिया
समूह ‘जी’ : बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड
समूह ‘एच’ : स्पेन, केप भर्डे, साउदी अरेबिया, उरुग्वे
समूह ‘आई’ : फ्रान्स, सेनेगाल, फिफा प्ले–अफ–२ विजेता, नर्वे
समूह ‘जे’ : अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन
समूह ‘के’ : पोर्चुगल, फिफा प्ले–अफ–१ विजेता, उज्बेकिस्तान, कोलम्बिया
समूह ‘एल’ : इंग्ल्यान्ड, क्रोएसिया, घाना, पानामा


