गोल्डेनगेट र जेभियर अन्तर कलेज गर्ल्स बास्केटबलको फाइनलमा


काठमाडौं। गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा गोल्डेनगेट र जेभियरले शनिवार सेमिफाइनलमा जित हात पार्दै उपाधि भिडन्त पक्का गरेका हुन्।

रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा शनिबार भएको पहिलो सेमिफाइनलमा गोल्डेनगेटले ब्लुबर्डलाई ३७-३४ अन्तरले हरायो। गोल्डेनगेटकी आयुशा महर्जनले सर्वाधिक १० अंक स्कोर गरिन्।

यस्तै दोस्रो सेमिफाइनलमा जेभियरले ल्याण्डमार्क एकेडेमीलाई ३०-१५ ले हरायो। जेभियरकी स्मृति राईले सर्वाधिक १४ अंक स्कोर गरिन्। पाँच टोली सहभागि प्रतियोगितामा लिग चरणमा शीर्च चारमा रहेका टोलीहरु सेमिफाइनल प्रवेश गरेका थिए।

फाइनल खेल आइतबार हुनेछ। त्यसअघि तेस्रो स्थानका लागि ब्लुबर्ड र ल्याण्डमार्कबीच खेल हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको