मियामीले पहिलो पटक जित्यो एमएलएस कप


काठमाडौँ। इन्टर मियामीले मियामीले पहिलो पटक एमएलएस कपको उपाधि जितेको छ।

आइतबार बिहान सम्पन्न फाइनल खेलमा मियामीले भान्कोभर ह्वाइट क्याप्सलाई ३–१ ले हराउँदै उपाधि जितेको हो।

मियामीको जितमा रोड्रीगो डि पाउल र टाडेओ अलेन्डले एक एक गोल गरेका थिए भने एक गोल एडीएर ओकाम्पोले आत्मघाती गोल गरे। त्यस्तै भान्कोभरका लागि एक गोल अलि अहमदले गरे।

मियामीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका कप्तान लियोनेल मेस्सी यस सिजनको एमएलएसको उत्कृष्ट खेलाडीको अवार्ड पाएका छन्।

एमएलएस कप सबै भन्दा बढी पटक अहिलेसम्म एलए ग्यालेक्सीले ६ पटक जितेको छ भने डिसी युनाइटेडले ४ पटक जितेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको