काठमाडौँ। विराटनगर किंग्सलाई ४० रनले हराउँदै लुम्बिनी लायन्स जारी एनपिएलको उपाधि नजिक पुगेको छ।
त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा सबै गुमाएर ९४ रन मात्रै बनाउन सक्यो।
जितसँगै लुम्बिनीले उपाधिको लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ। सुदूरले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै लगातार दोस्रो सिजन फाइनल प्रवेश गरेको हो।


