काठमाडाैँ। चेल्सी वल्र्ड स्कुल दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ। ५ टिम रहेको समूह ‘बी’ बाट एक खेल अगावै चेल्सी सेमिफाइनलमा पुगेको हो।
मातृभूमि स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा चेल्सीले डाफोडिललाई ३५–७ ले सहजै पराजित ग¥यो। चेल्सीकी तेन्जिङ कुसाङ शेर्पाले १६ अंक जोडिन्।
गल्र्समै बौद्ध चिल्ड्रेन हेभेन स्कुलले केएमसीलाई ३८–११ तथा बौद्ध इन्टरनेसनल स्कुले डाफोडिललाई १८–१३ ले हराए। बौद्ध चिल्ड्रेनकी लकेशाले २३ तथा बौद्ध इन्टरनेसनलकी सोम्य तामाङले ७ स्कोर गरे।
ब्वाइजमा बौद्ध इन्टरनेसनलले जेम्समाथि ४८–३० को जित दर्ता ग¥यो। विजेताका जम्पलले १६ अंक बटुले।


