लगातार दोस्रो जितसँगै आर्मी क्वार्टरफाइनलमा


काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा सोमबार सम्पन्न समूह ‘डी’को खेलमा कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो।

जितसँगै आर्मीले ६ अंक पुर्‍यायो। पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।

कीर्तिपुरको भने यो पहिलो खेल हो। पहिलो सेट २५–१९ ले जितेको आर्मीले त्यसपछिका दुई सेट २५–२१ ले आफ्नो बनायो। आर्मीले अब समूह ‘ए’को एपीएफ र मणिमुकुन्द भलिबल क्लबबीचको विजेतासँग खेल्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको