उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने


काठमाडौं। नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डाइमन्ड स्पोर्ट्स युथ क्लब भिड्ने भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार सम्पन्न महिलातर्फको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले न्यु डाइमन्डसँगको भेट पक्का गरेको हो।

न्यु डाइमन्डले शुक्रबार नै अर्को विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

पुलिसले पहिलो सेट २५–१२ ले सहजै आफ्नो पक्षमा पारेको थियो। तर, दोस्रो सेटमा २९–३१ ले गुमाउन पुग्यो त्यसपछिका सेटमा पुलिसले पुनरागमन गर्दै २५–१४ र २५–१८ को जित निकाल्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको