काठमाडौँ । जारी अफ्रिका कप अफ नेसन्समा मोरक्को र सेनेगलले सेमिफाइनल यात्रा तय गरेका छन्।
क्वाटरफाइनलको रोचक खेलमा मोरक्कोले क्यामरुनलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो।
मोरक्कोको जितमा ब्राहिम डियाज र इस्माएल साइबरीले एक–एक गोल गर्दै टोलीलाई निर्णायक सफलता दिलाए। यो जितसँगै मोरक्कोले अब सेमिफाइनलमा अल्जेरिया र नाइजेरियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
अर्को क्वाटरफाइनलमा सेनेगलले मालीमाथि १–० को कठिन जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्यो।
लिमान एनडियेले गरेको गोल नै खेलको एक मात्र तथा निर्णायक गोल बन्यो। खेलको पहिलो हाफको अन्त्यतिर यभ्स बिसोउमाले रातो कार्ड पाएपछि माली १० खेलाडीमा सीमित भएको थियो। सेमिफाइनलमा सेनेगलले इजिप्ट र आइभरी कोष्टबीचको विजेतासँग भिड्नेछ।


