काठमाडाैं। हिमरश्मिले आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत सिनियर गल्र्स फुटसलको उपाधि शनिबार जितेको छ।
तार्केश्वर नगरपालिकाको गोल्ढुङगास्थित सिर्जना ज्ञान सागरमा भएको फाइनलमा हिमरश्मिले सिर्जना ज्ञान सागरलाई २–० गोलले पराजित ग¥यो। न्यु एरा एकेडेमी र प्रगति मावि तेश्रो भए।
सिनियर ब्वाइज फुटसलमा क्वाटरफाइनल समीकरण तयार भएको छ । सेक्रेड हार्टले मनास्लु, न्यु एराले सिर्जना ज्ञान सागर, एन्जल्स हार्टले सेब र प्रगतिले न्युटनविरुद्ध खेल्ने छन्।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स)द्वारा आयोजित प्रतियोगिताको ब्वाइज भलिबलमा न्युटन, सेक्रेड हार्ट, हिमरश्मि र सेब सेमिफाइनलमा प्रवेश गरेका छन्। सिनियर ब्वाइज फुटसल र ब्वाइज भलिबल शेषमतिस्थित सेक्रेड हार्टमा भइरहेको छ।
दुवैको फाइनल आइतबार हुने ओप्सका इसीए विभाग प्रमुख राजेश रायमाझीले जनाएका छन्। खेलकुद महोत्वसअन्तर्गत एथलेटिक्स र ब्याडमिन्टनको प्रतिस्पर्धा सम्पन्न भइसकेको छ। एथलेटिक्समा कौशल तथा व्याडमिन्टनमा हिमरश्मि च्याम्पियन बनेका थिए।


