सेनेगल र मोरक्को फाइनलमा


काठमाडौं। अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल र मोरक्को भिड्ने भएका छन्।

बुधबार सम्पन्न सेमिफाइनल खेलमा सेनेगलले इजिप्टलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो। सेनेगलको जितमा खेलको ७८औँ मिनेटमा भएको गोल निर्णायक बन्यो।

त्यस्तै अर्को सेमिफाइनलमा मोरक्कोले नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो। निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

अब उपाधिका लागि सेनेगल र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल आगामी जनवरी १८ मा आयोजना हुने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको