थाइल्यान्डलाई १२३ रनको लक्ष्य


काठमाडौं। आइसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायर पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट घुमाएर १२२ रन बनायो।

नेपालको लागि ओपनर विन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। उनले ५६ बलमा ६ चौका प्रहार गरिन्। यस्तै, अर्की ओपनर सोनु खड्काले २६ रन बनाइन्।

रुविना क्षेत्रि १७, उप कप्तान पूजा महतोले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

यता, थाइल्यान्डको लागि थिपाचा पुथावोङले सर्वाधिक ४ विकेट लिइन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको