काठमाडौं। आइसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायर पहिलो खेलमा बंगलादेशले अमेरिकालाई पराजित गरेको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न समूह ‘ए’ खेलमा बंगलादेश २१ रनले विजयी भएको हो।
बंगलादेशले दिएको १६० रनको लक्ष्य पछ्याएको अमेरिकाले पुरै २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो।
अमेरिकाको लागि चेतना पग्याडियालाले सर्वाधिक ३६ रन बनाउँदा रितु सिंहले ३३ तथा दिशा धिङ्ग्राले २३ बनाए पनि जित दिलाउन सकिनन्।
बंगलादेशका लागि बलिङतर्फ नाहिदा अक्टरले चार तथा रितु मोनिले तीन विकेट हात पारिन्।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो। बंगादेशकी शर्मीन अख्तरले ३९ बलमा ६३ रन बनाएकी थिइन्। उनि नै खेलको प्लेर अफ द म्याच भइन्।


