काठमाडौं। विभागीय टोली एपीएफ क्लबले राष्ट्रिय लिगमा कठिन संघर्षपछि महत्त्वपूर्ण जित दर्ता गरेको छ। च्यासल स्टेडियममा आइतबार सम्पन्न खेलमा एपीएफले फ्रेन्ड्स क्लबलाई १–० गोलले पराजित गर्यो।
एपीएफको जितमा खेलको २५औँ मिनेटमा खेमराज श्रेष्ठबाट भएको आत्मघाती गोल निर्णायक बन्यो। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन।
यो जितसँगै एपीएफले प्रतियोगितामा ३ अंक जोडेको छ। फ्रेन्ड्स क्लबको भने यो राष्ट्रिय लिगमा पहिलो हार हो। यसअघि फ्रेन्ड्सले काँक्रेविहार क्लबलाई ३–१ ले पराजित गरेको थियो।


