काठमाडौं। कुविण्डे युवा समूहद्वारा आयोजित प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाले जितेको छ। फाइनल खेलमा मेलम्चीले जुगल गाउँपालिकालाई पराजित गर्दै च्याम्पियन बन्न सफल भयो।
प्रतियोगितामा बलेफी गाउँपालिकाले तेस्रो स्थान हासिल गर्दा हेलम्बु गाउँपालिका चौथो स्थानमा सीमित भयो। प्रतियोगिताले स्थानीय स्तरमा भलिबलको विकास र खेलाडीको उत्साह बढाएको आयोजकले बताएका छन्।


