पीएसजीको कठिन जित


काठमाडौं। फ्रान्सेली लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अक्सेरलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ। प्रतिस्पर्धात्मक बनेको खेलमा पीएसजीका लागि ब्राड्ली बारकोलाले निर्णायक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। अक्सेरका गोलरक्षक डोनोभान लेओनले पीएसजीका ख्विचा क्वारात्स्खेलिया, गोनसालो रामोस र ब्राड्ली बारकोलाका प्रयासहरू विफल पार्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।

दोस्रो हाफमा खेलको ७९औँ मिनेटमा पीएसजीले अन्ततः अग्रता लियो। ओस्मान डेम्बेलेको थ्रु पासमा ब्राड्ली बारकोला बक्स बाहिरबाट गरेको सट गोलमा परिणत भयो। त्यसपछि अक्सेरले बराबरी गोलका लागि दबाब बढाए पनि पीएसजीको रक्षापंक्तिले अग्रता जोगाउन सफल भयो।

यो जितसँगै पीएसजीले लिग वानमा १९ खेलबाट ४५ अंक पुर्‍याएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको