इन्जुरी समयमा बर्नमाउथको नाटकीय जित, लिभरपुल पराजित


काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत रोमाञ्चक खेलमा बर्नमाउथले लिभरपुललाई ३–२ ले पराजित गरेको छ। घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा बर्नमाउथले अन्तिम क्षणमा गोल गर्दै ऐतिहासिक जित हात पारेको हो।

खेलको २६औँ मिनेटमा एभानिल्सनले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाए। त्यसपछि ३३औँ मिनेटमा एलेक्स जिमेनेजले दोस्रो गोल थपे। पहिलो हाफको अन्तिम क्षणमा लिभरपुलका कप्तान भर्जिल भान डाइकले गोल गर्दै खेललाई २–१ मा झारे।

दोस्रो हाफमा लिभरपुलले दबाब बढायो। ८०औँ मिनेटमा डोमिनिक सोबोस्लाइले उत्कृष्ट फ्रिकिक गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। तर इन्जुरी समयको पाँचौँ मिनेटमा अमिन आद्लीले निर्णायक गोल गर्दै बर्नमाउथलाई अविस्मरणीय जित दिलाए।

यस हारसँगै लिभरपुलले २३ खेलबाट ३६ अंकसहित चौथो स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको