काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले रियल ओभिएडोलाई ३–० गोलले पराजित गरेको छ।
पहिलो हाफ दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोलरहित बराबरीमा सकियो। दोस्रो हाफको ५२औँ मिनेटमा डानी ओल्मोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। त्यसको पाँच मिनेटपछि ५७औँ मिनेटमा राफिन्हाले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाए।
खेलको ७३औँ मिनेटमा युवा स्टार लामिन यामालले डानी ओल्मोको पासमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे। त्यसपछि थप गोल नहुँदा खेल ३–० मा समाप्त भयो।
यो जितसँगै बार्सिलोनाले २१ खेलबाट ५२ अंक जोड्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। रियल ओभिएडो भने पराजयपछि अंक तालिकाको पूछारमा छ।


