नेपाल विश्वकप छनोटको समूह चरणबाटै बाहिरियो


काठमाडौं। आईसीसी टी–२० महिला विश्वकप छनोट प्रतियोगिताको समूह चरणबाटै नेपाली महिला क्रिकेट टोली बाहिरिएको छ। सोमबार त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भएको हो।

स्कटल्यान्डले दिएको १४१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमै सबै विकेट गुमाउँदै ६८ रनमै सीमित भयो। नेपालको ब्याटिङ अत्यन्तै कमजोर रहँदा विन्दु रावल र रोम थापाले समान १४–१४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

यस हारसँगै नेपाल चार खेलबाट २ अंक मात्र जोड्दै समूह ‘बी’ को चौथो स्थानमा रह्यो र प्रतियोगिताबाट बाहिरियो। समूह चरणमा नेपालले जिम्बाब्वेलाई पराजित गरे पनि थाइल्यान्ड, नेदरल्यान्ड्स र स्कटल्यान्डसँग हार बेहोर्नु पर्‍यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको