राष्ट्रिय लिगमा मनाङको पहिलो जित


काठमाडौं। मनाङ मार्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा पहिलो जित हात पारेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा मनाङले काँक्रेविहार क्लबलाई ५–१ ले पराजित गर्दै सानदार जित निकालेको छ। योसँगै मनाङले ४ खेलबाट ३ अंक पुर्‍याएको छ। समान खेलबाट काँक्रेविहार अंकविहीन छ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको मनाङले १६औं मिनेटमा सुरेश कुमालको गोलमार्फत अग्रता लिएको थियो। २०औं मिनेटमा सन्दीप देउवाले गोल गर्दै काँक्रेविहारलाई १–१ मा पुर्‍याए।

त्यसपछि २५औं मिनेटमा अनिल कुमारले टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफमै खेल आफ्नो पक्षमा पारेको मनाङले दोस्रो हाफमा पनि दबाब कायम राख्यो।

५४औं र ८५औं मिनेटमा गिडियन नाहले दुई गोल गर्दै अग्रता ४–० मा पुर्‍याए। ८०औं मिनेटमा नवराज गुरुङले अर्को गोल थप्दै एकपक्षीय जित दिलाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको