काठमाडाैं। न्यु एरा एकेडेमी र आयोजक दि एक्सेल्सियर स्कुल (नीलो) १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–१६ मा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
न्यु एराले एलआरआईलाई ४–२ गोलले पराजित ग¥यो। न्यु एराका पेम्बा तामाङले २ तथा आयुश बराम र असिन थापाले समान १–१ गोल गरे। एलआरआईका आशुतोष महतरा र डेनिल श्रेष्ठले समान १–१ गोल गरे। एक्सेल्सियर (नीलो) ले किड्स लर्निङलाई २–० गोलले हरायो। विजेताका कृष र कर्माले समान १–१ गोल गरे। सोही स्पर्धामा रिब्सले ह्वाइट हेभेनलाई २–१ तथा बोधीसत्वले न्यु अरुणोदयलाई ३–१ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।
यु–१३ मा एक्सेल्सियर (यल्लो) ले जोन डेवीलाई ४–०, एलआरआईले कोहिनुरलाई १–०, काष्ठमण्डप विद्यालयले रेडियन्ट पब्लिकलाई ५–१ र रिब्सले हार्टल्यान्डलाई १–० गोलले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए।
यु–११ मा जोन डेवीले रिब्सलाई १–०, संस्कृति इन्टरनेसनल स्कुलले न्यु एरालाई ४–१, राई स्कुलले सेक्रेड हार्टलाई ४–१ र काष्ठमण्डपले एक्सेल्सियरलाई ५–० गोलले निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे। यु–९ मा एक्सेल्सियर (रातो) र नीलो, काष्ठमण्डप र कोहिनुर यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्।


