काभा वुमन्स लिग: पुलिसको विजयी सुरुआत


काठमाडौं। काभा वुमन्स लिगमा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ। माल्दिभ्सको मालेमा बिहिबार सम्पन्न समूह ‘बी’ को खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–१ सेटमा पराजित गरेको हो।

पुलिसले प्रतिस्पर्धात्मक बनेको पहिलो सेट ३०–२८ ले जित्दै राम्रो सुरुआत गर्‍यो। दोस्रो सेटमा भने पुलिस २१–२५ ले पराजित भयो। त्यसपछि तेस्रो सेट २५–२१ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै पुलिसले पहिलो खेलमै जित दर्ता गर्यो।

यो जितसँगै पुलिसले पहिलो खेलमै ३ अंक जोड्न सफल भएको छ। हुमोले जारी प्रतियोगितामा लगातार दोस्रो हार ब्यहोरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको