काठमाडौं। आयोजक दि एक्सेल्सियर स्कुल र काष्ठमण्डप विद्यालयका समान ३–३ टोली १२औं एक्सेल्सियर कपमा बिहीबार फाइनलमा प्रवेश गरेको छन्।
ब्वाइज फुटसलको यु–९ र यु–१३ तथा बास्केटबलको सिनियर गल्र्समा एक्सेल्सियर फाइनलमा पुग्यो। काष्ठमण्डपको यु–९, यु–११ र यु–१३ उमेरसमूहको ब्वाइज फुटसल टोलीले फाइनलमा स्थान पक्का ग¥यो।
यु–९ मा काष्ठमण्डपले कोहिनुरलाई ५–० गोलले सहजै पराजित ग¥यो। विजेताका अनय रेग्मीले ह्याट्रिक पूरा गरे भने सूर्यान्श सुवेदी र स्लोक रिमालले समान १–१ गोल थपे। फाइनलमा काष्ठमण्डपको भेट आयोजक एक्सेल्सियर ९रातो० संग हुनेछ। एक्सेल्सियर ९रातो० ले आफ्नै नीलो टोलीलाई १–० गोलले हराएको थियो।
यु–११ मा काष्ठमण्डपले राई स्कुललाई २–१ गोलले पाखा लगाउदै जोन डेवीसंग उपाधि भिडन्त पक्का ग¥यो। काष्ठमण्डपका अधिराज श्रेष्ठ र शिभांकराज भट्टराईले गोल गरे। अर्को सेमिफाइनलमा जोन डेवीले संस्कृति इन्टरनेसनल स्कुललाई टाइ ब्रेकरमा ४–३ गोलले पन्छाएको थियो।
यु–१३ मा काष्ठमण्डपले रिब्सलाई टाइ ब्रेकरमा २–१ गोलले निराश पा¥यो। उपाधिका लागि काष्ठमण्डपले एक्सेल्सियरसंग खेल्ने छ। एक्सेल्सियरले एलआरआईमाथि ३–१ को जित दर्ता ग¥यो। एक्सेल्सियरका लागि तीनै गोल लियोन गुरुङबाट सम्भव भयो। एलआरआईका सयेश क्षेत्रीले १ गोल फर्काए।
यु–१६ मा रिब्स र न्यु एरा एकेडेमी उपाधिका लागि भिड्ने भएका छन्। रिब्सले बोधीसत्वलाई ३–१ गोलले हरायो। रिब्सका ब्लेस गुरुङले २ तथा आयुश केसीले १ गोल गरे। बोधीसत्वका योगराज खड्काले सान्त्वना गोल गरे। न्यु एराले एक्सेल्सियरको चुनौती ३–० ले समाप्त पा¥यो। न्यु एराका पेम्बा तामाङ र आयुश बरामले गोल गरे। एक गोल आत्माघाती थियो।
बास्केटबल
एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा रिब्स र आयोजक एक्सेल्सियर बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
रिब्सले ल्यान्डर्माक एकेडेमीलाई २१–९ ले पराजित ग¥यो। रिब्सको जितमा निमिशा धामीले ८ अंक योगदान गरिन्। अकिना घिमिरेको ७ अंक सहयोगमा एक्सेल्सियरले रेडियन्ट पब्लिकलाई १९–१५ ले हरायो।

सिनियर ब्वाइजमा रेडियन्ट पब्लिकले संस्कृतिलाई ५५–३५ तथा राराहिलले पुष्पसदनलाई ५०–३५ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे। रेडियन्टका सुशनराज न्यौपानेले १८ तथा राराहिलका कृष्णले २० स्कोर गरे।
एक्सेल्सियर कपमा पहिलोपटक समावेश गरिएको विधा गल्र्स यु–१२ मा स्वर्णिमले राई स्कुललाई १०–५ तथा चाँदबागले एक्सेल्सियरलाई ९–२ ले पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे। स्वर्णिमकी पलिस्था हाडाले ३ तथा चाँदबागकी अग्रबिया महर्जनले ५ अंक जोडे।


