भ्यालेन्सियामाथि रियलको सहज जित


काठमाडौं। ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई २–० ले पराजित गरेको छ।

भ्यालेन्सियाको घरेलु मैदानमा आइतबार राति सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा रियलले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्यो।

६५औँ मिनेटमा डिन हुज्सेनको पासमा आल्भारो कारेरेसले गोल गर्दै रियललाई अग्रता दिलाए। खेलको इन्जुरी समयको पहिलो मिनेटमा ब्राहिम डियाजको असिस्टमा किलियन एमबाप्पेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे।

यो जितसँगै रियल मड्रिडले २३ खेलबाट ५७ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा आफ्नो स्थान मजबुत बनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको