ओमान ८ विकेटले पराजित


काठमाडौं। आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत जिम्बाब्वेले ओमानलाई ८ विकेटले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको ओमान १९.५ ओभरमै अलआउट हुँदै १०३ रनमा समेटिएको थियो। ओमानका लागि विनायक शुक्लाले २८ रन बनाउँदा सुफ्यान मेहमूदले २५ रनको योगदान दिए। नादिम खानले २० रन जोडे।

जिम्बाब्वेका रिचर्ड नगाराभा र ब्लेसिङ मुजाराबानीले समान ३–३ विकेट लिए भने ब्राड इभान्सले पनि ३ विकेट हात पारे। सिकन्दर रजाले १ विकेट लिए।

१०४ रनको सामान्य लक्ष्य पछ्याएको जिम्बाब्वेले १३.३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै खेल जित्यो। ओपनर ब्रायन बेनेटले ३६ बलमा ७ चौकासहित अविजित ४८ रन बनाए। ताडिवानाशे मरुमानीले ११ बलमा २१ रनको आक्रामक इनिङ्स खेले।

अनुभवी ब्याटर ब्रेन्डन टेलर ३० बलमा ३१ रन बनाएर ‘रिटायर्ड हर्ट’ भए। कप्तान सिकन्दर रजा ५ रनमा अविजित रहे। यस जितसँगै जिम्बाब्वेले दुई अंक जोडेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको