टी–२० विश्वकप: दोस्रो खेलमा नेपाल इटालीसँग खेल्दै


काठमाडौँ। भारत र श्रीलंकामा जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ।

समूह ‘सी’ अन्तर्गत नेपाल र इटालीबीचको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:१५ बजेदेखि सुरु हुनेछ। जारी प्रतियोगितामा दुवै टोलीले आफ्नो पहिलो खेल गुमाएकाले आजको खेल दुवैका लागि महत्वपूर्ण मानिएको छ।

यसअघि आज हुने पहिलो खेलमा समूह ‘बी’ अन्तर्गत श्रीलंका र ओमान आमनेसामने हुँदैछन्। श्रीलंकाको पाल्लेकेलेमा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ। श्रीलंकाले पहिलो खेलमा जित निकालेको छ भने ओमान पहिलो खेलमा पराजित भएको थियो।

त्यसैगरी आजकै तेस्रो खेल समूह ‘ए’ अन्तर्गत भारत र नामिबियाबीच हुनेछ। दिल्लीमा आयोजना हुने यो खेल नेपाली समयअनुसार साँझ ७:१५ बजेदेखि सुरु हुनेछ। जारी विश्वकपमा भारत विजयी सुरुआत गरेको टोली हो भने नामिबिया पहिलो खेलमा पराजित भएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको