काठमाडौं। तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी एवं निर्णायक राजन भण्डारीले लेभल वान कोचेज कोर्स उत्तीर्ण गरेका छन्। राजनले फेब्रुअरी १ देखि ७ तारिखसम्म वल्र्ड तेक्वान्दोले सञ्चालन गरेको अनलाइन लेभल वान कोचेज कोर्स उत्तीर्ण गरेका हुन्।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै पदक जितेका उनले सन् २०२५ जनवरी १७ देखि २० तारिखमा भारतको पुणेमा सञ्चालन गरेको अन्तर्राष्ट्रिय रेफ्री कोर्स उत्तीर्ण गरेका थिए । राजनले ग्योरोगी रेफ्री कोर्स उत्तीर्ण गरेका थिए। उनले नेपालमा आयोजना भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्दै आएका छन्।
उनले गत डिसेम्बर १ देखि ६ तारिखसम्म ललितपुरमा आयोजना भएको १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए। ब्ल्याकबेल्ट चौथो डान राजन सीतापाइला तेक्वान्दो डोजाङ, ग्लोबल भ्याली स्कुल र गुरुकुलम स्कुलमा तेक्वान्दो प्रशिक्षकका रूपमा कार्यरत छन्।


