संकटामाथि एपीएफको सानदार जित, फाइनलमा विभागीय डर्बी


काठमाडौं। विभागीय टोली एपीएफ क्लब एन्फा वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा एपीएफले संकटा फुटबल क्लबलाई ३–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

एपीएफको जितमा रश्मी कुमारी घिसिङ, अनिता केसी र गीता रानाले समान एक–एक गोल गरे। पहिलो हाफमै रश्मी र अनिताको गोलमार्फत २–० को सुदृढ अग्रता बनाएको एपीएफले दोस्रो हाफमा गीता रानाको गोलसँगै जित पक्का गर्‍यो।

अब शनिबार हुने फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। आर्मीले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको