काठमाडाैं। न्यु डायमन्ड स्पोर्टस क्लबकाे ‘ए’ टिमले सुरुङ्गा नगरपालिका राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि रक्षा गरेको छ।
सुरुङ्गा नगरपालिकास्थिति संसेरपुर धाती कोर्टमा आयोजित प्रतियोगितामा पहिलो संस्करणको उपाधि विजेता न्यु डायमण्ड ‘ए’ टिमले आज भएको फाइनलमा डायमण्डकै ‘बी’ टिमलाई ३–० को सोझो सेटले हराउदै उपाधी रक्षा गरेको हो।
न्यु डायमण्ड ‘ए’ ले २५–१७,२५–११, र २५–१० ले हराउन सफल भयाे। तेस्रो स्थान ब्राइटफ्युचर सुन्दरपुर हरैचा मोरंगले हातपारे। प्रतियोगिताको प्रथम पुरस्कार एक लाख ५१ हजार, दोस्रो पुरस्कार एक लाख एक हजार र तेस्रो पुरस्कार ५१ हजार रहेको थियो।
यस्तै फाइनल खेलमा न्युडायमण्का निशा महर ‘प्लेयर अफ द म्याच’ घाेषित भइन्। विधागत तर्फ बेस्ट स्पाइकर डायमण्ड ‘बी’ की रेवीका लामा तमाङले हतपार्दा बेस्ट सर्भर न्युडामण्ड ‘ए’ की अनुस्का कार्की चुनिन्।
बेस्ट ब्लकर डायमण्ड ‘बी’ की सारीका कार्की, बेस्ट सेटर न्युडामण्ड ‘ए’ की भावना तामाङ, बेस्ट कोच डायमण्डका कुमार राई तथा सर्वोत्कृष्ठ खेलाडी न्यडामन्ड ए की सलिना बुढामगर घोषीत भए। यस्तै उदयमान खेलाडीको पुरस्कार न्युडायमन्ड बी की ग्रीष्मा कार्कीले हात पारिन्।
सम्पन्न प्रतियोगितामा न्यु डामण्ड ‘ए’ र बी सहित ब्राइट फ्युचर सुन्दरपुर हरैचा मोरंग, जनशक्त्ती क्लब कोल्वी बारा, गुद्री भलिबल ट्रेनिङ सेन्टर विराटनगर र आयोजक सुरुङ्गा नगरपालिकागरि ६ टिमको सहभागिता रहेको थियो।


