काठमाडौं। विभागीय डर्बीको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै एन्फा महिला च्याम्पियनसिपको उपाधि जितेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै तीन गोल दोस्रो हाफमा सम्भव भए। एपीएफका लागि गीता राना र रेनुका नगरकोटेले निर्णायक गोल गर्दा आर्मीका तर्फबाट जेनिफर राना मगरले सान्त्वना गोल फर्काइन्।
उपाधिसँगै एपीएफले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्दा उपविजेता आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझायो।


