काठमाडौं। एन्फा राष्ट्रिय लिगमा लालीगुराँस एसोसियसन क्लबले प्रभावशाली जित दर्ता गरेको छ।
लिग अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा लालीगुराँसले काँक्रेबिहार क्लबलाई ४–१ गोलअन्तरले पराजित गरेको हो। सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेको लालीगुराँसले विपक्षीमाथि दबाब कायम राख्दै स्पष्ट जित निकाल्न सफल भयो।
यस जितसँगै लालीगुराँसले सात खेलबाट १७ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ। अपराजित यात्रामा रहेको लालीगुराँसको यो पाँचौँ जित हो। दुई खेल बराबरीमा टुंग्याएको टोली हालसम्म पराजित भएको छैन।
यता काँक्रेबिहारको भने यो छैटौँ हार हो। सात खेल खेलिसकेको काँक्रेबिहारले हालसम्म जम्मा एक अंक मात्र जोड्न सकेको छ।


