सञ्जु सामसनको विस्फोटक ब्याटिङ, भारतले बनायो २५५ रनको विशाल स्कोर


काठमाडौं। आईसीसी टी २० विश्वकप मेन्स क्रिकेटको फाइनल खेलमा भारतले विस्फोटक ब्याटिङ प्रदर्शन गर्दै २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल योगफल खडा गरेको छ।

भारतका लागि सञ्जु सामसनले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा ५ चौका र ८ छक्कासहित ८९ रन बनाए। उनले सुरुदेखि नै आक्रामक खेल्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए।

अभिषेक शर्माले २१ बलमा ६ चौका र ३ छक्कासहित ५२ रनको तीव्र अर्धशतक प्रहार गरे। इशान किशनले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५४ रन बनाए।

मध्यक्रममा हार्दिक पाण्ड्या ले १३ बलमा १८ रन जोडे भने कप्तान सूर्यकुमार यादव पहिलो बलमै आउट भए। अन्त्यतिर शिवम दुबेले ८ बलमा ३ चौका र २ छक्कासहित अविजित २६ रन बनाउँदै भारतको स्कोर अझै उकासे। तिलक वर्मा ८ रनमा अविजित रहे।

न्युजिल्याण्डका लागि जेम्स निशाम सबैभन्दा सफल बलर बने। उनले ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए। म्याट हेन्री र रचिन रविन्द्रले समान १–१ विकेट लिए भने अन्य बलर महँगा सावित भए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको