राष्ट्रिय लिग : एनआरटीले लालीगुँराससँग खेल्दै, जावलाखेल र सातदोबाटो पनि मैदानमा


काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत आज पनि दुई खेल आयोजना हुँदैछन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) ले लालीगुँरास एसोसिएसन क्लबसँग खेल्नेछ।

याे खेल दिउँसो १२:१५ बजेबाट सुरु हुनेछ। जारी लिगमा ९ खेल खेलेको लालीगुँरासको १९ अंक रहेको छ भने समान ९ खेल खेलेको एनआरटीको १८ अंक रहेको छ। दुवै टोली जित निकाल्दै तालिकामा आफ्नो स्थान मजबुत बनाउने लक्ष्यमा रहनेछन्।

आजै हुने दोस्रो खेलमा दिउँसो ४ बजे जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुनेछन्।

जारी लिगमा ८ खेल खेलेको जावलाखेलको ९ अंक रहेको छ। यता ७ खेल खेलेको सातदोबाटो युथ क्लब ६ अंकसहित तालिकाको १५औँ स्थानमा रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको